हेटौंडाका दुई युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १६:२६
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट ७ ग्राम ६ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र हेटौंडा–४ बस्ने २६ वर्षीय अजय घले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।