पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले आज (आइतबार) जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् ।
फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा पनि फागुन १५ मा अर्को जाहेरी परेको छ ।
