आज माओवादीको केन्द्रीय समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०९:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सो बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने सचिव ढकालले बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।