हेटौंडामा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा बसधबार एक जना पुरुषको शव फेला परेको छ । पुर्वपश्चिम सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटरस्थित एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त शव सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ६ घर भएका अन्दाजी ४० वर्षीय प्रेमप्रसाद रेग्मीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, मृतक रेग्मी हेटौंडा–१ चाइना क्वाटर दिदिको घरमा भेटघाटको लागि आएका थिए । मतृक रेग्मी लडेको अवस्थामा मृत फेला परेका हुन् ।
