निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल
मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन भएका छन् । संगठनको मंगलबार भएको ११ औं जिल्ला अधिवेशनले पौडेलको संयोजकत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेम कुमार पाठक, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सम्झना शाही चयन भएका छन् । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।
