मकवानपुरका पाँच जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेस्थित सडकखण्डबाट लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भीमफेदी गाउँपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय सविन रिजाल, २५ वर्षीय सोमसिं घलान, ६० वर्षीया जुठी माँया घलान, ६७ वर्षीय मानबहादुर घलान र ५० वर्षीय संचारसिं घलान रहेका छन् ।
उक्त सडकखण्डमा भीफेदीबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ००१ च ११४४ नम्बरको तरकारी बोक्ने गाडीलाई उक्त स्थानमा चेकजाँच गर्दा लुकाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये सविन रिमाल गाडी चालक हुन । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
