सुरक्षा निकायलाई पनि हामी सुरक्षा दिन्छौं : अध्यक्ष कटुवाल

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार ०८:२८

मकवानपुर । ग्रिल तथा स्टील व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले ग्रिल व्यवसायीहरुले राज्यको सुरक्षा निकायलाई पनि सुरक्षा दिन आफुहरुले ग्रिल बनाएको बताएका छन् । अध्यक्ष कटुवालले शनिबार ग्रिल तथा स्टील व्यवसायी संघ मकवानपुरको सातौं अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष कटुवालले राज्यलाई आर्थिक क्षेत्रमा ठुलो सहयोग गरेको बताउँदै वार्षिक ६० अर्बको कारोबार गर्दै रोजगार समेत सृजना गरिरहेको व्उवसायप्हरुलाई राज्यले अपहेलना गरिरहेको बताए । हाल सरकारले थोरै ग्रिल व्यवसायीहरुको विषयमा चासो दिन थालेको भएपनि यो प¥याप्त नभएको उनको भनाई छ । कार्यक्रम संघका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको हो ।