मकवानपुरमा थपिए ४ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १८:०३
file-photo

मकवानपुर । मकवानपुरमा बिहीबार थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार ३८ जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थय कार्यालयका अनुसार, १७ जनाको पीसीआर परीक्षण गर्दा २ जना र २१ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटकैंडा उपमहानगरपालिकाका ३ जना र थाहानगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ९२७ पुगेको छ । यस्तै, बिहिबार ४ जना कोरोना संक्रमणमुक्त भएक छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।