करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ०८:१८
file-photo

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय महादेव साह रहेको जिल्ला प्हरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।