एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ०८:१२
file-photo

काठमाडौं । आज (बिहिबार) प्रतिनिधसभाको बैठक बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतबारे छलफल गर्न बैठक बस्न लागेको हो । एमसीसी संसदमा टेबल भएपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ । गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।