घरको तलाबाट खसेर भुसालको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:०४
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दीपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार, सोमबार बिहान अचानक घरको तलाबाट खसेर गम्भीर घाइते भएका भुसालको उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।