मकवानपुरका बर्तौलाले त्यागे राप्रपा

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १६:०३
file-photo

मकवानपुर । मकवानपुरका राजाराम बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि बर्तौलाले पनि राप्रपा छाडेका हुन् । बर्तौलाले सोमबार सूचना जारी गर्दै आफु पार्टीको साधार सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको जानकारी गराएका हुन् ।

पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले राजीनामा दिएको जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना ।