भीष्मराज फुलाराको ‘वासुदा’ विमोचन

तु खबर संवाददाता
२०७८ फाल्गुन ९,सोमबार ०९:०६

काठमाडौं । युवा लेखक भीष्मराज फुलाराको कृति ‘वासुदा’ काठमाडौंमा विमोचन भएको छ । आइतबार आयोजित एक कार्यक्रममा साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सो कृति विमोचन भएको हो । कार्यक्रममा विशेष अतिथिमा अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा थिए भने अर्का अतिथि उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए ।

एक सङ्घर्षशील युवाको जीवन कथामा आधारित उपन्यास ‘वासुदा’मा मूल पात्र वासुदामा एकै पटक देखिएका चुनौतीहरूको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको देखाइएको छ । वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरूलाई पनि महत्त्वपूर्ण रूपमा प्रस्तुत गरिएको छ । संघर्षका समयमा आइपरेका अन्य घटना परिघटनालाई पनि लेखकले सटिक ढङ्गले पुस्तकमा उतार्ने जमर्को गरेका छन् । पुस्तक फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो । लेखक फुलाराका यसअघि विभिन्न कृतिहरु प्रकाशित भएका छन् । फुलाराको नफाकोको मान्छे २०६७, टुहुरो कुण्डली २०७४, नेपाली भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म २०७५ र ओरपान हरस्कोप अंग्रेजी संस्करण २०७६ प्रकाशित भइसकेका छन् ।