आज शेयर बजारमा गिरावट, ३९ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १५:३२

काठमाडौं । आज साताको पहिलो दिन शेयरमा गिरावट आएको छ । आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता २ अर्ब सम्म कारोबार खुम्चिएकोमा आज कारोबार केही हदसम्म बढ्न पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज अन्य समूह बाहेकका सबै समूह राताम्य भएका छन् ।