हेटौंडा–२ स्थित वृद्धाश्रमलाई आर्थिक रकम सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित ओम वृद्धाश्रमलाई आर्थिक रकम सहयोग गरिएको छ । आश्रमलाई काठमाडौं महानगरपालिका–१४ निवासी पूर्णबहादुर श्रेष्ठ र निर्मला श्रेष्ठले वृद्धाश्रमको अक्षयकोषका लागि नगद एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।
उक्त रकम निर्मला श्रेष्ठले शुक्रबार आश्रममै पुगेर आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । यस्तै, आश्रमलाई ५ हजार ५ सय ५५ रुपैयाँ तिरेर आजीवन सदस्यता समेत लिएका छन् । वृद्धाश्रममा पछिल्लो समय सहयोगीहरुले सहयोग गर्ने क्रम बढेको छ । पछिल्लो समय जन्मोत्सव, वार्षिकोत्सव, स्मृतिलगायतको अवसरमा विभिन्न संघसंस्थाहरुले आश्रमलाई सहयोग गर्दै आएको छ ।
