संसद चल्न दिए एकीकृत समाजवादीले एमसीसी पेस गर्न दिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने भएको छ । पार्टीको शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।
तर, बैठकले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि निर्णय गरेको छ । ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’
