सभामुख श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका सभामुख श्रेष्ठले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
त्यस्तै सरकारले संसद्मा दर्ता गराएको विभिन्न विधेयकको विषयमा छलफल र आगामी आर्थिक बर्षको लागि निर्माण गरिने बजेटको सन्दर्भमा पनि बैठकमा छलफल हुने बुझिएको छ । बागमती प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना कटौती गरेको र मन्त्रालय विभाजन गरेको भन्दै त्यसको औचित्य पुष्टि गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध पार्दै आएको छ । एमालेले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिएपछि मात्रै संसद् सुचारु गर्न दिने अडान लिएको छ ।
