बक्सिङ संघ मकवानपुरलाई खेलकुद सामग्री
मकवानपुर । बक्सिङ संघ मकवानपुरलाई खेलकुद सामग्री सहयोग गरिएको छ । संघलाई हेटौंडा उपमहानगरपालिका–१४ का वडाध्यक्ष दिपक खड्का र बक्सिङ खेलका पूर्व प्रशिक्षक ध्रुबलाल श्रेष्ठले १ लाख ५० हजार रुपैयाँ बराबरको ६८ वटा म्याट सहयोग गरेका हुन् ।
उक्त म्याट वडाध्यक्ष खड्काले आइतबार हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ संघका अध्यक्ष दिपेश जोशीलाई हस्तान्तरण गरेका हुन् । म्याट हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, जिल्ला बक्सिङ संघका द्वितीय उपाध्यक्ष सुशील घिमिरे, सचिव भाजु श्रेष्ठ, युनिक बक्सिङ क्बलका अध्यक्ष गोकुल मोक्तान, प्रशिक्षक लालबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
