आज प्रेम दिवस मनाईँदै
काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवायुवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।
आजका दिन प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्ने गरिन्छ । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने प्रचलन छ । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो ।
