युवा संघको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार ०९:५४

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीले मंगलबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रक्तदान कार्यक्रम हुन नसकी रगत अभाव भएको पाइएपछि युवा संघले उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम ३६ जनाले रक्तदान गरेका थिए । कार्यक्रम युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेतीको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठसहित नेता, कार्यकर्ता, युवा संघ नेपालका नेता, कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।