मकवानपुरका ८१ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा शुक्रबार थप ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १०१ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र १०६ जनाको एन्टीजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५१६ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
