मकवानपुरमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरीवाना
मकवानपुर । मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्डुल गर्नेहरुलाई जनही एक सय रुपैयाँका दरले जरीवाना लिइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई संक्रामक ऐन, २०२० बमोजिम सुरक्षाकर्मी मार्फत तत्काल जरीवाना गर्ने जनाइएको छ ।
बजारमा मानिसहरुको भिडभाड व्यवस्थापन, नियन्त्रण एवम् जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने सम्बन्धमा सम्बन्धित पक्ष, व्यवसायी एवम् मकवानपुर उद्योग वाणिज्य संघ सचेत रही व्यवस्थापन, नियन्त्रण गर्ने जनाइएको छ । यस्तै, बैठकले सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा जादा खोप कार्ड अनिवार्य बोक्न भनेको छ भने खोप नलगाएकालाई खोप लगाउन समेत आग्रश गरेको छ ।
