आज नेप्सेमा हरियाली छायो

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १६:०८
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यसअघि बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचक बिहिबार पुनः हरियारी छाएको हो । आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात् १.१४ प्रतिशतले बृद्धि भएर २ हजार ९३१ विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ । आज ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । बिहिबार मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर र बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको ८.८६ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्सको ७.७९ प्रतिशत, यूनियन हाइड्रोपावरको ७.२४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९१ र सिन्धु विकास बैंकको ६.२४ प्रतिशतले वृद्धि भएको हो । यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा आइसीएफसी फाइनान्सको डिबेञ्चर रहेको छ । कम्पनीको आज ४.३९ प्रतिशतले घटेको हो ।