गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १३:४५
File Photo

धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा अछामका ३९ वर्षीय रुपराज भाट रहेका छन् । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले भाटको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल पुगाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । भाटको मृत्युु प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।