बिहिबार नेप्सेमा हरियाली छायो

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार १५:४५
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । यसअघि बुधबार ३० अंकले घटेको नेप्से परिसूचक आज पुनः ५४ अंकले बढेर सुधार आएको हो । आज नेप्से परिसूचक १.९३ प्रतिशतले बृद्धि भएर २ हजार ८५७ दशमलव ७५ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँको कारोबार भएको ।

आज नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये अन्य समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूह र निर्जीबन बीमा समूहको बृद्धि भएको छ । जीवन बीमा समूहको ३४९ दशमलव ६१ अंकले बृद्धि भएको छ भने निर्जीबन बीमा समूहको २८८ दशमलव ५६ अंकले बृद्धि भएको हो । साथै सर्वाधिक अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ दाख ४३ हजार २४५ रुपैयाँको कारोबार भएको हो ।