धादिङमा पहिरोमा पुरिएर ३ जना बेपत्ता

तु खबर संवाददाता
२०७८ पुष २९, बिहीबार १०:२०
file-photo

काठमाडौं । धादिङको रुबी भ्यालीमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङ प्रहरीका अनुसार, आज बिहान साढे ८ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।