सुनगाभा सहकारीको अध्यक्षमा पुनः न्यौपाने
मकवानपुर । हेटौंडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः रामहरी न्यौपाने चयन भएका छन् । संस्थाको बुधबार भएको १७ औं साधारणसभाले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीको उपाध्यक्षमा साधुराम चौलागाई, सचिवमा नारायणप्रसाद अधिकारी र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन् ।
यसैगरी, समिति सदस्यहरुमा बासुदेव अधिकारी, ध्रुवप्रसाद सञ्जेल, हिमाल पौडेल, पूर्णभद्र चौलागाइ, लक्ष्मी ढकाल, केशवप्रसाद चौलागाई र राजकुमार गौतम चयन भएका छन् । त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कुमारमणी दहाल, दुर्गाकुमारी सञ्जेल र गोपालराज भट्टराई चयन भएका १ सय १२ जना शेयर सदस्यहरु रहेको विद्यालयमा ६ सय विद्यार्थीहरु अध्ययनरत छन।
