बिहिबार सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने भएको हो । प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप विदा दिनसक्ने अधिकार छ । त्यसअनुसार प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
गुरुङ समुदायको तमु ल्होछार यही पुस १५ गते बिहीबार परेको छ । बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बवदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय विदा दिँदै आएको छ ।
