हेटौंडाको कामधेनु सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ पुष १०,शनिबार १६:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभा प्रमुख अतिथि तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले उद्घाटन गरेका थिए । सहकारी संस्थाले यस वर्ष मिडिया हाउसदेखी संस्थामा सहयोग पुर्‍याउने विभिन्न १४ जनालाई सम्मान गरेको छ ।

संस्थाले निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, गिता अधिकारी, एकल महिला तर्फ पुर्णकुमारी तिमल्सिना,बढी व्याज बुझाउने तर्फ गंगादेवी धिताल, बढी सेवा शुल्क बुझाउने बुद्ध रत्न मानन्धर, खुत्रुकेमा बढी बचत गर्ने तर्फ आदेश गौतम, खुत्रुके नियमित बचत तर्फ शुलभ हुमागाईलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारीले यस वर्ष पत्रकारिता पुरस्कारबाट साझाकुरा राष्ट्रिय दैनिक पत्रिकालाई नगदसहित सम्मान गरेको छ। त्यसैगरी सहकारीले व्यवसायी तर्फ राजकुमार श्रेष्ठ र संस्थालाई टिभि सहयोग गर्ने सरोज न्यौपानेलाई पनि सम्मान गरेको थियो । सहकारीलाई हेटौंडा–१७ निवासी समाजसेवी युवा नवराज न्यौपानेले नगद सहयोग गरेका छन् । न्यौपानेले सभामै सहकारीको ट्रस्ट निर्माणका लागि नगद ५० हजार सहयोग गरेका हुन् । न्यौपाने नेपाली कांग्रेस हेटौंडा १७ का वडासभापति समेत हुन् ।

त्यस्तै, सहकारीले २३ औं साधारणसभा मार्फत निर्वाचन समिति तर्फ संयोजक हिमाल पौडेल, सदस्य भवनाथ गौतम र रुपेश दुलाललाई सम्मान गरेको छ । सहकारीले सम्माननीत सबैलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको थियो । सभामा सहकारीका लेखा सुपरिवेक्षण सदस्य केदार गौतमले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन र सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन, ॠण उप–समिति सदस्य रुपेश दुलालले ॠण समितिको प्रतिवेदन र खुत्रुके बचत उप–समिति संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।