पिप्ले युवा क्लबको अध्यक्षमा घिमिरे

तु खबर संवाददाता
२०७८ पुष १०, शनिबार १५:१४

मकवानपुर । हेटौंडाका पिप्ले युवा क्लबको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । क्लबको शनिबार भएको १५ औं वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा घिमिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो । सभाले घिमिरेको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यस्तै, समितिको उपाध्यक्षमा भरतकुमार सैजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदिप सापकोटा, सह–सचिवमा सुदिप सिंह ठकुरी चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः रवि थापा, रणबहादुर खनाल, विवेक अर्याल, भुपेन्द्र चौलागाई, लालकिरण ढुंगेल, अनुज कार्की, सजिता श्रेष्ठ पौडेल, कल्पना राय र नरेन्द्र मोक्तान चयन भएका छन् ।

हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वडा सदस्यहरु केशव श्रेष्ठ, सरस्वती दाहाल, ज्ञान बहादुर थापाको पनि उपस्थिति रहेको थियो । हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशाला परिसरमा भएको साधारणसभामा क्लबका अध्यक्ष सुशील घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका कोषाध्यक्ष सुदीप सापकोटाले आय–व्यव विवरण प्रस्तुत गरेका थिए । स्थानीय सरकार तथा विभिन्न व्यक्ति, संघ, संस्थाको सहयोगमा क्याम्पा रंगशाला निर्माण गर्दै गरेको क्लबको एक करोड २० लाख ५६ हजार रुपैयाँको आय–व्यय विवरण कोषाध्यक्ष सापकोटाले प्रस्तुत गरेका थिए ।