माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार १७:०१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता घोषणा भएका छन् । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुबै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताको घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र संवादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहास् विज्ञप्ति ।