दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु
दाङ । दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो ।
सोही ठाउँ स्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
झापामा युवकको हत्या
दमक । झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमक प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
