हेटौंडामा टि.जि अटो गाडेन संचालनमा

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार १५:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सानोपोखरास्थित रहेको राधाकृष्ण मन्दिर नजिकै टि.जि अटो गाडेन संचालनमा आएको छ । संचालक मंगलबहादुर थिङ्ग, शुवास थिङ्ग, बरुन थिङ्ग बाबुराम वाईवा र रविन्द्र बस्नेतलगायतको संयुक्त सहकार्यमा टि.जि अटो गाडेन संचालनमा आएको हो ।

उक्त अटो गाडेनको सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो गाडेनमा दुई पांग्रे, अटो तथा जिप गााडी लगायतको मर्मत, स्पेयर पाट र सर्भिसिङ हुने संचालक बाबुराम वाईवाले जनाएको छ ।

उनका अनुसार, उक्त गाडेनभित्र खाना, खाजा, कफि र चियाको पनि व्यवस्था रहेको छ । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य सुनिल मोक्तान, समाजसेवी तथा युवा नेता विशाल महत तथा टि.जि अटो गाडेनको प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।