कांग्रेस अधिवेशन –४०० मत गनियो : केसीको २१६ मत, बानियाँको १८२ मात्र
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको अहिले मत गणना भइरहेको छ । ४ सय मत गणना गर्दा इन्द्रबहादुर बानियाँले १ सय ८२ र जगदिश्वर नरसिंह केसीले २ सय १६ मत प्राप्त गरेका छन् । २ मत बदर भएको छ । आज भएको मतदानमा २ हजार २५ मत खसेको थियो ।
हिजो भन्दा आज ५८ मत कम खसेको छ । हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । हिजोको मत गणनामा सुरुवातदेखि नै बानियाँले लिड गरेका थिए । जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन् ।
यस अघि प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । सबैभन्दा बढी ९ सय ९२ मत ल्याएपनि कांग्रेसको विधान बमोजिम ५१ प्रतिशत पुर्याउनै पर्ने बाध्यताका कारण कोही पनि निर्वाचित घोषणा भएनन् । सबैभन्दा कम मत ल्याउन प्रधानले आज पत्रकार सम्मेलनको आयोजना गरी अर्का उम्मेदवार बानियाँलाई समर्थन गर्ने बताएका थिए ।
