दुई सन्तानसहित महिला मृत भेटिइन्

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार १५:०२
File Photo

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक जना महिलाको शव आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेको छ । सोही स्थामा उनका २ सन्तानको सवसमेत फेला परेको हो । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् । मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।