माओवादी हेटौंडा–६ को अध्यक्षमा सापकोटा

तु खबर संवाददाता
२०७८ मंसिर ११,शनिबार १६:२५

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका–६ को अध्यक्षमा दिपक सापकोटा चयन भएका छन् । शनिबार भएको वडा सम्मेलनले सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सात दर्जनभन्दा बढी व्यक्तिहरु माओवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रमुख अतिथि लामिछानेले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ईन्चार्ज विवेक राई, हेटौंडा–१२ वडा ईन्चार्ज भुवन खनाल, हेटौंडा–६ वडा ईन्चार्ज सोनी गुरूङ, हेटौंडा–४ वडा ईन्चार्ज लवराज ठकुरी, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, जिल्ला सचिवालय सदस्यहरू जीवन गोले र लक्ष्मी माझी, जिल्ला सदस्य तारानाथ खतिवडा, हेटौंडा–१२ वडा ईन्चार्ज भुवन खनाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा कमिटी अध्यक्ष नमुना पाण्डे लगायतको आतिथ्य रहेको थियो ।