नगर प्रहरीद्वारा हेटौंडाको हुप्राचौर सरसफाई

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार १६:३३

मकवानपुर । हेटौंडा नगर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर सरसफाई अभियान थालेको छ । हेटौंडाको मुख्य बजारको क्षेत्रको सबैभन्दा ठूलो खेलमैदान र खुल्ला क्षेत्रमा फोहोर हुन थालेपछि आज (बुधबार) बाट सरसफाई अभियान थालेको नगर प्रहरी प्रमुख नेत्र ढकालले जानकारी दिए ।

उनका अनुसार, उक्त क्षेत्रमा हरियो घाँस र अन्य फोहोर हुन थालेपछि सरसफाई अभियान संचानल गरेको हो । सो अभियान नसकुन्जेलसम्म संचालन गर्ने उनको भनाई छ । हुप्राचौरमा उपमहानगरपालिकाले वाकिङ ट्रयाक निर्माण गरेको छ । खेलमैदान पनि सबै आएर खेल्नका लागि समस्या हुँदै आएको थियो । अब सरसफाई गरेपछि थप सहज हुने उनले बताए ।

यसअघि दुई महिना अघि पनि नगर प्रहरीले हुप्राचौर सरसफाई गरिएको थियो । तर, अहिले फेरी घास, वनमाराको झार, प्लाष्टीकका बोत्तलले फोहोर भएकाले सफाइ अभियानमा जुटेको उढकालले बताए । ठुलो चौर भएकाले सरसफाइको काम सक्न केही दिन लाग्ने भएको उनको भनाई छ । यसअघि जनपथ प्रहरी, ससस्त्र प्रहरी, नगर प्रहरी, खेल प्रेमीहरुसहितको टोलीले हुप्राचौर सरसफाइ गरेका थिए ।