मुख्यमन्त्री राईले पाए विश्वासको मत

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार १४:५५
file-photo

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । आज भएको मतदानमा ७९ जना प्रदेशसभा सदस्यहरु उपस्थि थिए । तीमध्ये उनको पक्षमा ५० मत प्राप्त भएको थियो ।

त्यस्तै, विपक्षमा २९ मत खसेको थियो । प्रदेश १ मा हाल ९२ जना प्रदेशसभाका सदस्यहरु छन् । जसमा आज ७९ जना मात्रै उपस्थित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

आज नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।