अख्तियारले बुझायो प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन

तु खबर संवाददाता
२०७८ कार्तिक २९, सोमबार १८:२०

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कायालयले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन पेस गरेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मालाई २१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष २०७७–०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९२९ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

उजुरी मध्ये ५११ वटा उजुरीहरू फच्र्यौट भएका छन् । जसमध्ये २७३ वटा उजुरीहरु प्रारम्भिक छानविनबाट तामेलीमा राखिएको अख्तियारको जनाइएको छ । ५७ वटा उजुरीहरु सुझाब सहित तामेलीमा पठाइएको छ । फच्र्यौट भएका उजुरी मध्यमा ५४ वटा उजुरीमा विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार हेटौंडाका प्रमुख शर्माले बताए ।