हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १७:१८

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा अनेरास्ववियूले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडि प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

सरकारको स्वामित्वमा रहेको निगमले सरकारको निर्देशनमा इन्धनको मूल्य वृद्धि गरेको विरोधमा पुत्ला दहन गरेको अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस संयोजक आशिष कुमार रौनियारले बताए । निगमको कदमको विरोधमा अनेरास्ववियूले हिजो शनिबार हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको थियो।