हेटौंडाकी श्रेष्ठ पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक १०, बुधबार १७:३९

मकवानपुर । मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ की सृजना श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठलाई मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति १०७७ मंसिर ३० गतेको फेसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद भुक्तान गर्न भनिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेको उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।