लुम्बिनी प्रदेशमा ५ जनाको शव फेला

तु खबर संवाददाता
२०७८ कार्तिक ५,शुक्रबार १०:०९
File Photo

बुटवल । लुम्बिनी प्रदेशमा ५ जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरी पानीमा डुबेको अवस्थामा ५ जना मृत भेटिएको प्रहरीले जनाएको छ । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।

त्यस्तै, सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । त्यस्तै, पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला परेको जनाएको छ ।