आज दोहोरो अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १७:१३

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा नेप्से परिसूचक दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेको हो । यसअघि बुधबार ६० अंकले बढेको नेप्से परिसूचक बिहिबार दोहोरो अंकले घटेको हो । आज नेप्से परिसूचक २ हजार ५५६ दशमलव ९५ को बिन्दुमा आइपुगेको हो ।

बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा आइपुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स २.४१ प्रतिशतले वृद्धि भएको थियो । आज कुल कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ ।

उक्त कारोबार जुन बुधबारको तुलनामा ४ करोड २७ लाख रुपैयाँले कम हो । आज २१६ कम्पनीका ६१ लाख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ पटक संख्यामा खरीद बिक्री भएको थियो । आज दोस्रो बजारमा कारोबारमा आएका १३ उपसमुहमध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ ।