कांग्रेसले बाढीपहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार ०९:३६
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई राहतस्वरुप २५ हजार रुपैयाँ सहयोग गर्न उल्लेख गरिएको छ । बाढीपहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन् । साथै उनले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध पनि गरेका छन् ।