ट्रक दुर्घटनामा श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार ०८:५१

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा बुधवार राति मिनी ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेका छन् । आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ । राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।