हेटौंडा–४ को प्रहरी पेटिकामा गुनासो तथा सुझाव शुन्य

तु खबर संवाददाता
२०७८ कार्तिक २, मंगलवार १०:०२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ वडा कार्यालयमा प्रहरीले राखेको गुनासो तथा सुझाव पेटिका खोलिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ राखिएको सुझाव पेटिका सोमबार खोलिएको हो ।

गुनासो तथा सुझाव पेटिका वडा अध्यक्ष नविन सिग्देल, कार्यालय सचिव टीका कडेल र वडा कार्यलयका प्रहरी नायव निरीक्षकको उपस्थितीमा खोलिएको थियो । उक्त पेटिकामा प्रहरीमाथी एउटा पनि गुनासो तथा सुझाव परेको छैन । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको ‘गुनासो तथा सुझाव पेटिका संचालन सम्बन्धी योजना २०७७’ अन्तर्गत प्रदेशका सबै वडामा गुनासो तथा सुझाव पेटिका राखिएको थियो ।