बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना

तु खबर संवाददाता
२०७८ आश्विन २६,मंगलवार १०:२६

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, शुभ दिपावली र छठलगायत पर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्घि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्घि भई हाम्रो आपसी मेलमिलाप, सद्भोव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । शर्माले हाम्रा चाडपर्वले संस्कृतिको जगेर्ना गर्न सकून् भन्दै अनावश्यक प्रतिष्पर्धीको सोचबाट समाजलाई मुक्त गर्न सफलता प्राप्त गर्न भनिएको छ ।

उनले भनिएको छ ,‘हाम्रा चाडपर्वहरुले परम्परागत रुपमा विकसित भएका संस्कृतिहरुलाई जर्गेना गर्न सकून् र अनावश्यक प्रतिष्पर्धी सोचबाट समेत समाजलाई मुक्त गर्न सफलता प्राप्त गरुन् ।’ प्रमुख शर्माले अहिलेको समय कोरोनाबाट सचेत हुँदै चाडपर्व मनाउँनुपर्ने भएकाले यसमा यसमा ध्यान दिनुपर्ने जोड दिए ।

‘अहिले पनि हामी कोरोना विरुद्घको लडाईमै छौं । कोरोना संक्रमणको जोखिमबाट पूर्ण रुपमा मुक्ती कहिले पाइएला भन्ने प्रश्न आज पनि जीवन्त छ । प्रदेशबासी दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपाली कोभिड १९ को संक्रमणबाट जोगिनका लागि चनाखो र सचेत हुन अत्यावश्यक छ ।’ उनले शुभकामना सन्देशमा भनेका छन् । प्रदेश प्रमुख शर्माले आफन्त र मान्य जनहरुबीचको भेटघाट, शुभकामना आदान–प्रदान एवं सद्भाअव व्यक्त गरिरहँदा कोभिड १९ बाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेका छन् ।