बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक १५ मिनेटका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज (आइतबार) दिउँसो अपराह्न बसेको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले १५ मिनेटका लागि स्थगित गरेका हुन् । आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँलगायत विभिन्न दलका सांसदहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
सभामुख सापकोटाले अब बस्ने प्रदेशसभाको नवौं अधिवेशनको दोस्रो बैठमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी रहेको जनाएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।
