प्रहरी दिवसको अवसरमा बृक्षारोपण
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजना आइतबार हेटौंडामा बृक्षारोपण कार्यक्रम भएको छ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा विभिन्न प्रजातिको २५० वटा बिरुवाहरु बृक्षारोपण गरेको मकवानपुरले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीको प्रमुख आतिथ्यतामामा भएको बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उउपरीक्षक नवराज अधिकारी, सशस्त्र प्रहरी गण रातोमाटेका प्रहरी नायव उपरीक्षक लोक दर्शनथापालगायतको उपस्थिति रहेको थियो ।

यस्तै, प्रहरी दिवसको अवसरमा आइतबार नै हेटौंडा–१० र हेटौंडा–११ थानाभर्याङमा मास्क वितरण गरिएको छ । दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा मास्क वितरण कार्यक्रम गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले मास्क वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा हेटौंडाको बुद्धचोक क्षेत्र र थानाभर्याङस्थित बिना मास्क पैदल हिडेकाहरुलाई मास्क वितरण गरिएको थियो । मा मास्क नलाग्का पैदल यात्रीलाई मास्क वितरण गरिएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “तपाईको माक्स खै ”? भन्ने कार्यक्रम संचालन गरी दुबै स्थानमा गरी जम्मा पर्चा २०० थान र माक्स २ हजार ६५० थान वितरण गर्नुका साथै सवारी साधनहरुमा जनचेतनामुलक स्टिकर ७०० थान टाँस गरिएको जनाइएको छ ।

