हेटौंडा अस्पतालबाट एक महिनामा १२ हजारले लिए सेवा

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १०:०१

मकवानपुर । हेटौंडा अस्पतालमा एक महिनाको अवधिमा १२ हजार २ सय भन्दा बढीले विभिन्न सेवा लिएका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालबाट गत भदौ महिनामा मात्रै १२ हजार २ सय ४० जनाले सेवा लिएको हुन् ।

कोरोना संक्रमणको दर कम भएसँगै अस्पतालमा आउने बिरामीको संख्या बढेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड रामचन्द्र सापकोटाले जानकारी दिए । कोभिडको बेलामा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी सेवा लिन आउने गरेको कोरोना संक्रमण दर घटेर बजार सबै खुलेलगतै हाल अस्पतालमा ५ सयदेखि ६ सय बिरामीहरु अस्पतालमा आउने उनले बताए ।

अस्पतालको सबै सेवा खुले लगतै अस्पतालमा आउने बिरामी चाप बढेको उनको भनाई छ । अस्पतालमा ३ महिनाको अवधिमा गत साउन महिनादेखि हालसम्म १ सय १४ जनाको शल्यक्रिया भएको सापकोटाले बताए । यस्तै, साउनदेखि हालसम्म ३ सय २३ जनाले अस्पतालमा नै नर्मल डेलिभरी गराएको उनले बताए ।